२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेवार बाजा र सांगीतिक परम्परा जोगाउन वसन्त उत्सव मनाईयो  


प्रकाशित: मंगलवार, २६ चैत्र २०७५, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवार बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नाम दिइएको उक्त उत्सवमा लुभु महालक्ष्मी धाः दाफा खलःका युवाहरुले सांस्कृतिक नगरी लुभुको इष्ट देवता महालक्ष्मी तथा अन्य देवताहरुको वर्णन रहेको महालक्ष्मी ग्वारा सुनाए ।


२०६८ सालमा विपु श्रेष्ठको लेखन, संगीत तथा संयोजनमा निर्माण भएको उक्त दाफा गीतपछि लुभुको वर्णन रहेको देश वर्ण दाफा गायन प्रस्तुत गरिएको थियो ।


लय र परम्पराविहिन शब्दहरुले २०७१ संगीतकार विपुबाटै नयाँ लय पाएपछि यो गीतले पनि परम्परामा प्रवेश पाएको हो । यही समूहले दर्शकको अनुरोधमा वसन्त गीत पनि प्रस्तुत गरेका थिए । गायकहरु उजेश श्रेष्ठ, मनिष श्रेष्ठ, रितेष श्रेष्ठ, प्रशन्न श्रेष्ठ, अभिषेक श्रेष्ठ, रुविन श्रेष्ठ, रञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ, प्रशुम श्रेष्ठले गाएको उक्त दाफा गीतमा खिं वादन रोजेश श्रेष्ठ, अमित श्रेष्ठ र सनिस श्रेष्ठले गरेका हुन् ।


अर्को प्रस्तुतिमा नेपालमण्डलमा ऋतुअनुसार बज्ने गीतहरुको प्रस्तुति गरियो । यो समयमा बज्ने घातु धूनका साथै वसन्त ऋतुमा गुञ्जने वसन्त धून प्रस्तुत गरिएको थियो ।


उक्त प्रस्तुतिमा सरोद वादनमा वरिष्ठ सरोदवादक सुरेशराज बज्राचार्य, फिरोज बज्राचार्यको साथमा खिं, धिमेवादनमा लक्ष्मीप्रसाद डंगोल, खिं, कान्ता डबडब, ढल्को, मादल वादनमा बिपु श्रेष्ठ, भ्वाइलिन वादनमा मिलन तण्डुकार तथा बाँसुरी वादनमा रमन महर्जनले साथ दिएका थिए । उक्त लोकधूनमा शास्त्रीय शैलीको समायोजन पनि गरिएको थियो ।


कार्यक्रममा अर्को प्रस्तुतिकै रुपमा राजिप बज्राचार्यले पञ्चकलाप चर्या नृत्य प्रस्तुत गरे । महांकाल देवता आराधनामा गरिने यो चर्यानृत्यका लागि चर्या गीत विपु श्रेष्ठ र युजेश श्रेष्ठले गाए भने वाद््यवादनमा सरोद वादन सुरेशराज बज्राचार्य र फिरोज बज्राचार्यले गरे ।


लक्ष्मीप्रसाद डंगोलले खिं वादन गरेको यो प्रस्तुतिमा मिलन तण्डुकारले भ्वाइलिन वादन गरेका थिए । पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित उक्त उत्सवका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस कार्यक्रमबाट आफू निकै प्रभावित भएको उल्लेख गरे ।


उनले लोभ भइसकेका अमूर्त लोक संस्कृति पुनजीवित गर्दै जनजीवनमा फर्काउन सफल युवाहरुको समूहको यो उत्सव आयोजना निरन्तरताका लागि आफूले सहयोग गर्ने वचन दिए । कार्यक्रममा ललितपुर महानगरपालिका वडा १६ या अध्यक्ष निर्मलरत्न शाक्य, संगीत प्रवीण मोहनप्रसाद जोशी, कार्तिकनाच संरक्षण समितिया अध्यक्ष किरण चित्रकार, राजेश महर्जन लगायत अतिथिका रुपमा उपस्थित थिए ।


सुरजवीर बज्राचार्यले सञ्चालन गरेको उक्त उत्सवमा प्रोजेक्ट बाजा नेपालया अध्यक्ष फिरोज बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष लक्ष्मीप्रसाद डंगोलले गरे ।


विभिन्न स्थानमा गई लोकबाजा, परम्पराको अध्ययन, संरक्षण तथा निरन्तरतामा समर्पित यस संस्थाको सचिवमा विश्वास बज्राचार्य, कोषाध्यक्षमा विपु श्रेष्ठ र सदस्यहरु सुजित नापित, राजिप बज्राचार्य, अनुप पौडेल रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex