१६ बैशाख २०८१, आइतबार
Header

नेवारी बाजागाजा सहित राम्रो बचतद्धारा विश्वबिजेता महर्जन सम्मानित


प्रकाशित: शनिवार, २८ पुष २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । राम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुनाकोठी ललितपुरले शनिवार नेवारी बाजागाजासहित शारीरिक सुगठनका विश्वबिजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ । 


सहकारीका अध्यक्ष तथा उपत्यका सडकपीडित संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष अशोक महर्जनका अनुसार करिव ५ सय जना सहभागी भएको ¥यालीसहित विश्वविजेता महर्जनलाई सो क्षेत्रका विभन्न स्थानमा परिक्रमा गराई सम्मान गरिएको हो । 


सहकारीको आठौं साधारणसभा तथा महर्जन सम्मान कार्यक्रम स्थलमा एक कार्यक्रमविच महर्जनलाई नगद रु १०,००५/– नगदसहित सम्मान गरिएको थियो । 


सो कार्यक्रममा पुरानोबाटो संघर्ष समिति बाहाखा बजारका महासचिव सविता श्रेष्ठालाई सहकारी अध्यक्ष तथा सडकपीडित संघर्ष समिति ललितपुरका संयोजक समेत रहेका अशोक महर्जनले मायाको चिनो समेत प्रदान गरेको थियो । 


प्रतिनिधि सभा सदस्य पम्फा भुषालको प्रमुख आथित्यमा सम्पन्न भएको सो सम्मान कार्यक्रममा सभासद राजकाजी महर्जन, समाजसेवी जनकराज महर्जन लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 


सो सम्मान कार्यक्रम सहकारीका अध्यक्ष महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो । 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD