१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेवाः समुदायलाई मजाक बनाउने कमेडियनले गरे आत्मसमर्पण


प्रकाशित: आईतवार, १२ भाद्र २०७९, १०ः४० बजे
- महानगरखबर

कठमाडौं । नेवाः समुदाय, संस्कृतिमाथि अपमानजनक मजाक गरेका कमेडियनअपूर्व क्षितिज सिंहले प्रहरी समक्ष आत्मसमर्पण गरेको छ । 


नेवाः अभियान्ता रविन्द्र कुमार श्रेष्ठले कमेडियन सिंहलाई पक्राउ गरेको खबर प्राप्त भएको भनिएपनि अभियान्ता सुमन सायमीले सिंहले आत्मसमर्पण गरेको बताए । 


शनिवार नेवाः सम्पदा अभियान्ता यादवलाल कायस्थ, नेवाः अभियान्ता तथा स्वतन्त्र उम्मेदवार सुमन सायमी, विद्या श्रेष्ठ लगायत ठुलो संख्यामा समुदायले सिंहलाई पक्राउ गर्न माग गर्दै उजुरी दिएका थिए । 


कमेडि क्याफे नामक कमेडी शोमा कमेडियन अपूर्व क्षितिज सिंहले नेवाः समुदायको भाषा, संस्कृति, रहन, सहन, बोली खानपिनलगायतका विषयलाई मजाको विषय बनाएपछि उनलाई कार्वाहीको माग गरिएको हो ।


प्रहरी परिसरमा पुुगेका अभियान्ताहरुले ती व्यक्तिलाई तुरुन्त पक्राउ गरी कार्वाही गर्नु पर्ने भन्दै नारावाजी समेत गरेका थिए ।   

asteriskhubs
Home Page Bottom Second


maharjan complex