४ भाद्र २०८३, बिहिबार
Header

नेवाः सभ्यता विश्वविद्यालय स्थापना गर्न महानगर प्रमुख बालेनको प्रस्ताव


प्रकाशित: शनिवार, २ पुष २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (वालेन)ले नेवाः सभ्यता सम्बन्धी विश्वविद्यालय स्थापना गर्न प्रस्ताव गरेको छ ।


शनिवार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा प्रमुख साहले ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलाई प्रस्ताव गरेका हुन । 


साहले बागमति नदिको सफाईको लागि सहकार्य गर्न पनि ललितपुर महानगरलाई प्रस्ताव गरेको हो । 


उनले दुवै महानगरपालिकाको सहकार्यमा यी कार्यहरु हुन सकेका काठमाडौं उपत्यका विकासको लागि एकदमै राम्रो सन्देश हुन सक्ने भनाई राखेका छन । 


नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना हुन सकेको खण्डमा काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यता नयाँ पुस्तलाई हस्तान्तरण गर्न र अन्तर्राष्टियकरण गर्न महत्वपूर्ण हुने प्रमुख साहले आफ्नो धारणा राखे । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex