१७ बैशाख २०८१, सोमबार
Header

नेवाः राष्ट्रिय मुक्ति मोर्चाले विधेयकको विरुद्धको आन्दोलन चर्काउने


प्रकाशित: शनिवार, ३२ जेठ २०७६, २१ः१० बजे
- महानगरखवर

काठमाडौं । गुठी संस्कृति विरुद्ध आएको गुठी विधेयकको आन्दोलनलाई नेवाः राष्ट्रिय मुक्ति मोर्चाले चर्काउने भएको भएको छ । 


मोर्चाको शनिवार बसेको केन्द्रिय बैठकले गुठी आन्दोलनप्रति एक्येबद्धता जाहेर गर्दै आन्दोलनको संयुक्त मोर्चासँग आवद्ध भई विधेयकको सशक्त विरोध गर्ने मोर्चाका केन्द्रिय अध्यक्ष पवनमान श्रेष्ठले बताए । 


गुठी विधेयक विरुद्ध उपत्यका बन्द आव्हानको लागि आन्दोलनको संयुक्त मोर्चासँग कुरा अघि बढाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 


श्रेष्ठले असार ४ गते माईतीघर मण्डलामा हुने बृहत विरोध सभामा मोर्चाले उल्लेखिय संख्यमा सहभागीता जनाउने बताए । 


त्यसैगरी मोर्चाले तेश्रो राष्ट्रिय सम्मेलनको मिति पनि घोषणा गरेको छ । आगामी पुष १८, १९ र २० गते काठमाडौंमा सम्मेलन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिँदै मोर्चाले नेवाः राज्य, भाषिक मुद्धा, भूमि अतिक्रमण रोजगारलगायतका मागहरु सहित स्थानीयदेखि केन्द्रिय तहसम्म ज्ञापन बुझाउने बताए ।  

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD