२८ आश्विन २०८३, बुधबार
Header

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको भेलाले क्रान्तिकारीहरुलाई एकजुट बनाउने


प्रकाशित: सोमबार, ६ जेठ २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले छरिएर रहेको क्रान्तिकारीहरुलाई एक जुट बनाउने भएको छ ।


जेठ ९ गते काठमाडौको बसन्तपुरमा हुन गईरहेको मोर्चाका चौथो राष्ट्रिय कार्यकर्ता भेलामा क्रान्तिकारी विचार बोकेकाहरुलाई एकिकृत बनाउने मोर्चाका काठमाडौ जिल्ला अध्यक्ष नमस्ते सायमीले जानकारी दिए । 


मोर्चाको सो भेलाले नेवाः भूमि, नेपाल भाषा, जाति संस्कृति र सभ्यता लोप गर्न गरिएको षडयन्त्रको विरुद्ध, जातिय दमन विरुद्ध जोडदार रुपमा विरोधका साथ संघर्षमा जान आव्हान गर्ने सायमीले बताए ।


नेकपा क्रान्तिकारी माओवादीका महासविच मोहन बैद्य किरणको प्रमुख आतिथ्यमा हुने सो भेलामा ठुलो संख्या क्रान्तिकारीहरुको उपस्थिती भई राज्यको गैरजिम्मेवार कामहरुको विरोध गर्ने, मुलुकमा भईरहेको भुमि अतिक्रमण, अन्याय, अत्याचारको घोर भत्र्सना गरिने भएको छ । 


दिउँसो ३ बजे हुने सो कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


जेठ ९ गतेको भेलापछि १० गते कुपण्डोलमा बन्द सत्र हुने सायमीले जानकारी दिएका छन । 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex