काठमाडौं । नेवाः पत्रकारहरुले नेवाः मिडिया हाउसको प्रस्ताव गरेका छन ।
विहिवार आयोजित ‘कोरोना प्रभावित पत्रकार व नेवाः मिडिया हाउस नाप अन्तरक्रिया’ कार्यक्रममा पत्रकारहरुले सो प्रस्ताव गरेका हुन ।
नेवाः पत्रकारहरुले सञ्चालन गरेका मिडियाहरुको व्यवस्थापन तथा स्तरउन्नतीको लागि नेवाः मिडिया हाउसको आवश्यक्ता महशुस गरेको वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले बताएका छन ।
मानन्धरले कोरोना कालमा नेवाः पत्रकारहरुल पाएका आर्थिक, मानसिक समस्याको बारेमा चर्चा गरेका थिए । उनले अहिले पनि पत्रकारहरुको अवस्था सन्तोषजनक नभएको, यसको आर्थिक पक्षहरुका ध्यान दिन नसकिएकोले यस विषयमा गम्भिर छलफलको आवश्यक रहेको बताए ।
काठमाडौं महानगरपालिकाका निर्वतमान प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पत्रकारहरु नेवाः मिडियाका नविन जोशी, समाचारडेस्कका सम्पादक विराजकाजी राजोउपाध्याय, वरिष्ठ पत्रकार बिजयरत्न अंसवरे, समाचार दैनिकका सहसम्पादक सुनिल महर्जनले कोरोनाको समयमा काठमाडौं महानपालिकाले नेवाः पत्रकारहरुलाई गरेको सहयोगको चर्चा गर्दै शाक्यलाई धन्यावाद दिएका थिए ।
त्यसैगरी नेवाः राष्ट्रिय पत्रकार दबूूको पूर्व अध्यक्ष श्रीकृष्ण महर्जन, सम्यक वाःपौका सुगतरत्न सिन्दुरकार, लहानका व्यवस्थपाक तथा पत्रकार सुरेन्द्रभक्त श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमरध्यज लामाले मातृभाषा पत्रकारिता र आवश्यक्ताको महत्ववारे प्रकाश पार्दै काठमाडौं महानगरले नेपाल भाषाका सञ्चारमाध्यमलाई गरेको सहयोग र साथको प्रंसशा गरेका थिए ।
कार्यक्रममा महानगरखबरडटकमका अजय खड्गी, ननस्टकखबरडटकमका बुुद्धशरण शाही, फोटो पत्रकार रेखा शाक्य लगायतको उपस्थिती रहेको थियो ।
लहना मिडियाका सञ्चालक निरपेन्द्रलाल श्रेष्ठले नेवाः मिडिया र सो सँग आवद्ध पत्रकारहरुको बृति विकासको लागि अविलम्ब पहल गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रम मेरो साप्ताहिकका सम्पादक रत्नकाजी महर्जनले सञ्चालन गरेका थिए ।
Categorized in समाज