काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको अध्यक्षमा अरविनमान सिंह चयन भएको छ ।
शनिवार दबूको तेश्रो अधिवेशनबाट सिंको अध्यक्षमा १५ सदस्यी नयाँ कार्यसमिति छनौट भएको हो ।
समितिको उपाध्यक्षमा प्रवीण महर्जन प्रजापति, सचिव रत्नकाजी महर्जन, कोषाध्यक्ष राजेन्द्र मानन्धर (नीलः) सहसचिव शरण डंगोल र महिला सहसचिव बिनिता खड्गी चयन भएको हो ।
त्यसैगरी समितिका सदस्यहरुमा शैलेश कुमार डंगोल, राजेन्द्र मानन्धर ( राजेन), रेखा शाक्य, रोजिता बुद्धाचार्य, मनोजरत्न शाही, बिजय कुमार सिं, सहयोग रञ्जित, किचः सिंह ज्यापु र विमला मानन्धर रहेका छन ।
देशभर दबूको २५ वटा शाखा रहेका छन । चितवन र भक्तपुर जिल्ला शाखाको अधिवेशन पनि सकिएको छ भने भाद्र १४ गते काभ्रे शाखाको हुँदैछ ।
दबूको केन्द्रीय महाधिवेशन भने कात्तिक ३० गते हुने भएको छ ।
Categorized in समाज