१६ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेवाः पत्रकार राष्ट्रिय दबूको महाधिवेशन भाद्रमा, पहिलो जिल्ला अधिवेशन गोरखामा 


प्रकाशित: शनिवार, १६ जेठ २०८३, १६ः४० बजे
- महानगरखबर

काठमाडौं ।  नेवाः पत्रकार राष्ट्रिय दबूको आगामी राष्ट्रिय महाधिवेशन भदौ १९ र २० गते गोरखामा आयोजना गर्ने तयारी स्वरूप दबूको पहिलो जिल्ला अधिवेशन गोरखा जिल्ला शाखाले सम्पन्न गरेको छ ।


भिमसेन थापा गाउँपालिका–५ स्थित मिलन बस्तीको सामुदायिक सहिद स्मृति सभाहलमा आयोजित अधिवेशनले हिरालाल श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति तथा एक जना गण्डकी प्रदेश पार्षद प्रतिनिधिलाई निर्विरोध निर्वाचित गरेको हो । 


दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले गोरखा जिल्लाको भौगोलिक क्षेत्रफल ठूलो भए पनि व्यावसायिक सञ्चारकर्मीको संख्या न्यून रहेको उल्लेख गर्दै यहाँको भाषा, संस्कृति तथा मातृभाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि केन्द्र र जिल्लाबीच सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

 
जिल्ला अध्यक्ष भिमसेनबाबु श्रेष्ठको सभापतित्व तथा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष दीपक श्रेष्ठ ‘जलन’को सञ्चालनमा भएको कार्यक्रममा दबूका केन्द्रीय सल्लाहकार राजु शाक्य, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ तथा महासचिव के।के। मानन्धरले संस्थाको उद्देश्य, अभियान र यसको निरन्तरताको आवश्यकताबारे प्रकाश पारेका थिए ।


कार्यक्रममा गोरखाका वरिष्ठ पत्रकार कैलाशबाबु श्रेष्ठ तथा भिमसेन थापा गाउँपालिका–५ का वडाध्यक्ष होमबहादुर बरामुले जिल्लाको वस्तुस्थिति, स्थानीय जनजीवनको प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका तथा दबूको आगामी केन्द्रीय महाधिवेशनलाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


अधिवेशनबाट उपाध्यक्षमा आत्माराम श्रेष्ठ, सचिवमा विनोदबाबु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन्। सदस्यहरूमा लक्ष्मी श्रेष्ठ, राजकुमार श्रेष्ठ र मनोज श्रेष्ठ चयन भएका छन्। त्यसैगरी गण्डकी प्रदेश पार्षद प्रतिनिधिमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex