काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबुले चार जना नेपाल भाषाका पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।
पत्रकार दबूले ६ औं साधारणसभामा सो सम्मान गरिने दबूका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनले बताएका छन ।
दबूको केन्द्रीय सचिवालयको सोमवार बसेको बैठकले यही माघ २६ गते हुने साधारणसभामा २००८ सालदेखि निरन्तर प्रकाशित हुदै आएको नेपालभाषाको थौंकन्हय् मासिम पत्रिकाका सम्पदाक, रुकमणि श्रेष्ठलाई वाडमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी पत्रकारिता पुरस्कार दिने निर्णय गरेको छ ।
त्यसैगरी २५ बर्ष अघिदेखि पत्रकारिता गर्दै आएका राससका सम्पादक राजु शाक्यलाई भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता सिरपाः, २५ बर्ष अघिदेखि पत्रकारिता गर्दै आएका चितवनका पत्रकार नेपाल टेलिभिजनबाट सुरु पत्रकारिता यात्रा सुरु गरि अहिले विविसि नेपाली सेवामा रहेका भएका ईश्वर कुमार जोशीलाई ज्ञानदेवी स्मृति पत्रकारिता पुरस्कार, र आज भन्दा ३२ बर्ष अघिदेखि फोटो पत्रकारिता गर्दै आएका नातिकाजि महर्जनलाइ बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।
सम्मानित हुने पत्रकारहरुालई दोसल्ला ओढाई, ताम्रापत्र सहित १०÷१० हजार नगद राशी सहित पुरस्कृति गरिने दबूका अध्यक्ष महर्जनले बताए ।
त्यसैगरी सो सभामा नेवाः पत्रकारिता कल्याण अक्षय कोष घोषणा गर्ने, मृगौंला रोगबाट पीडित पत्रकार आशाकाजि महर्जनलाई रु १ लाख भन्दा बढि आर्थिक सहयोग दिने भएको छ ।
दबू आगामी दिनबाट संघीय संरचनामा जाने दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिए ।
Categorized in समाज