१७ बैशाख २०८१, सोमबार
Header

नेवाः देय् दबू २० वडा र लोकलको संयुक्त आयोजना चित्रकला प्रतियोगिता सम्पन्न (फोटो फिचर)


प्रकाशित: मंगलवार, ३० साउन २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । नेवाः देय् दबू २० वडा र द लोकलको संयुक्त आयोजनामा आयोजित चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 


साउन २७ गते शान्ती निकुज माध्यमिक विद्यालय र मरुहिटी व्यांकेटमा आयोजित चित्रकला प्रतियोगिता काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको दबू अध्यक्ष विजेता श्रेष्ठले जानकारी दिईन । 

 


सो प्रतियोगितामा जुनियर र सिनियर डिभिजन छट्टुाएर गरिएको थियो । दबु अध्यक्ष श्रेष्ठका अनुसार जुनियर डिभिजनमा गरिएको प्रतियोगितमा ज्ञानकुञ्ज स्कुलका श्रीजन अधिकारी प्रथम, दक्षयता इन्टरनेशन स्कुलका अलिना अधिकारी द्धितिय र श्री कुमार सेकेन्डरी विद्यालयका प्रलेश भण्डारी तृतीय भएका थिए ।


त्यसैगरी, सिनियर डिभिजनमा प्रथम सन्नी नापित, जनप्रभात स्कुल, द्धितिय नुजला बज्राचार्य, श्रीकुमारी सेकेण्डरी स्कुल र तृतियमा प्रशिजित शाक्य, विश्व निकेतन सेकेण्डरी स्कुलका भएका छन । 

 


प्रतियोगिताको प्रमुख निर्णायक (जज) वरिष्ठ चित्रकार किरण मानन्धर रहेका थिए । 


सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. ८ का सभासद बिराजभक्त श्रेष्ठ, अभियान्ता सुमन सायमी लगायतको उपस्थिती रहेको थियो । 

 


कार्यक्रममा सांगितिक प्रस्तुतीहरु पनि देखाइएको थियो ।

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD