१५ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई पत्रकार दबुको स्वागत


प्रकाशित: सोमवार, १४ बैशाख २०८३, १७ः५८ बजे
- महानगरखबर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा देशभरका नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


काठमाडौंको नयाँ बजारमा आयोजित कार्यक्रममा रश्मिला प्रजापति नेतृत्वको ४५ सदस्यीय कार्यसमितिमध्ये काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।


दुई संस्थाबीच संस्थागत रूपमा अन्तरक्रिया गरिएको यो पहिलो अवसर भएको आयोजकले जनाएको छ ।


कार्यक्रममा वक्ताहरूले नेवार समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षण र प्रवद्र्धनका साझा एजेन्डामा सहकार्य गर्न सकिनेमा जोड दिएका थिए । 


उनीहरूले पत्रकारहरूको पेशागत संस्था स्वतन्त्र र स्वायत्त हुनुपर्ने उल्लेख गर्दै कुनै पनि संस्थाको भ्रातृ संगठनका रूपमा आबद्ध नहुने स्पष्ट पारे ।


सो अवसरमा नेवाः देय् दबूले नेवार जाति, मातृभाषा, लिपि, संस्कृति संरक्षण तथा प्रवद्र्धन, परम्परागत चाडपर्व, संस्कार र रीतिरिवाज जोगाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरिएको थियो । 


साथै, समुदायको अधिकार र पहिचानका लागि आवाज उठाउने तथा सामाजिक एकता र सहयोग अभिवृद्धि गर्ने काममा संस्था सक्रिय रहेको जानकारी दिइयो ।


हाल नेवाः देय् दबू नेपालभर विभिन्न शाखामार्फत क्रियाशील रहँदै आएको छ । 


संस्थाले केन्द्रीय कार्यसमिति, ८ प्रदेश समिति तथा ६० भन्दा बढी जिल्ला, पालिका र वडा तहका संरचना निर्माण गरिसकेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex