काठमाडौं । नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य निर्वाचित भएका छन ।
धरानमा आयोजित दबूको ७ औं महाधिवेशनबाट बज्राचार्यले ३१३ ल्याएर बिजयी भएका हुन । बज्राचार्यको प्रतिपस्पर्धी माईला बाबु द्योलाले ६७ मत्र प्राप्त गरे ।
सो महाधिवेशबाट वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रलाल राजभण्डारीं २३५ भोट प्राप्त गरी निर्वाचित भएका छन । उपाध्यक्ष अनिल मास्केले २२६ मत प्राप्त गरे ।
कोषाध्यक्षमा निरञ्जनरत्न शाक्य, महिला उपाध्यक्षमा रश्मिला प्रजापति, महाससचिवमा सत्यनारायण डंगोल र सचिवमा मचाबाबु महर्जन निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी स्वनिगः (उपत्यका) विशेष प्रदेशबाट उमेश स्थापित निर्वोरोध निर्वाचित भएको छ ।
दबूको यही चेत्र १४ र १५ गते महाधिवेशन सम्पन्न भएको हो । यस अघि दबुको अध्यक्ष नरेश ताम्रकार थिए ।
Categorized in समाज