१३ बैशाख २०८१, बिहिबार
Header

नेबिको बिस्कुटको पुनः उत्पादन सुरु 


प्रकाशित: बुधवार, ६ असोज २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेबिको बिस्कुटको पुनः उत्पादन सुरु भएको छ । 


नेबिकोले बुधवार पत्रकार सम्मेलन गरेर पुनः उत्पादन सुरु भएको जानकारी दिएको हो । यस अघि आगलागीका कारण उद्योग जलेपछि उत्पदान बन्द भएको थियो । 


साउन २३ गते आगलागी हुँदा कच्चा पदार्थ, मेशिन लगायतका सामान जलेर बन्द भएको उद्योग मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । 


कार्यकारी निर्देशक राजेश रौनियारले व्यवस्थापन पक्षले निकै डटेर काम गरेकोले उद्योग पुनः सञ्चालनमा आएको पत्रकार सम्मेलनमा जानकारी दिए । 


बालाजु औद्योगिक क्षेत्र भित्रको उद्योग बन्द भएपछि भैरहवाको उद्योगबाट २४ सै घण्टा उत्पादन गरेर बजारमा नेबिको बिस्कुट आईरहेको रौनियारले बताए । 

 


कार्यकारी अधिकृत केशव भट्टराईले २० देखि २२ करोडको क्षति भएको अनुमान गरेको जानकारी दिए । कच्चापदार्थ मात्रै १२ करोडको क्षति भएको र १० करोडको मेशिनरी तथा भौतिक क्षति भएको अनुमान गरिएको उनको भनाई छ । 


अहिले कुल क्षमताको ८० प्रतिशत मात्रै उत्पादन थालिएको छ । उद्योगले वार्षिक १ अर्ब २० करोडको कारोबार गर्दै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD