२८ बैशाख २०८१, शुक्रबार
Header

नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा सचेतना कार्यक्रम सम्पन्न


प्रकाशित: बुधबार, २३ जेठ २०७५, ११ः३६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल सुनचाँदी व्यवासयी महासंघले केही दिन अघि प्रदेश नं. १ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

 
जेठ २ गते शनिवार सुनसरीमा व्यवसायीहरुलाई व्यवसायीको हक, हित तथा अधिकार, ऐन, कानुनबारे सचेतना कार्यक्रम सम्पन्न गरेकोे महासंघले जनाएको छ ।

 
प्रदेश नं. १ को आन्तरिक मामिला तथा काननुमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा मन्त्रीे कार्कीले सुनचाँदी सम्वन्धी नीतिगत ब्यवस्थागर्नुका साथै ब्यवसायीकालागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्ने प्रतिवपद्धता जनाएका छन् ।


त्यसैगरी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने महासंघका उपाध्यक्ष तथा प्रदेश नम्वर १ का संयोजक मोहनकाजी शाक्यले प्रदेश स्तरीय सचेतना तालिम र यसको महत्वको वारेमा प्रकाश पारेका थिए ।

 
नेपाल सुनचाँद्यी ब्यवसायी महासंघका प्रवक्ता मनोज कुमार शाहका अनुसार कार्यक्रमको विभिन्न सत्रमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
पहिलो सत्र महास।घका मोहन कुमार सुनारको अध्यक्षतमा सम्पन्न भएको । कार्यक्रमको  दोस्रो सत्रमा महासंघका कानुनी सल्लाहकार शिव रिजालले कानून पक्षवारे प्रकाश पारेका थिए । त्यसैग्री महासंघका उपाध्यक्ष दियसरत्न शाक्यले सुनचाँदीको गुणस्तर तथा अनुगमन सम्वन्धमा प्रकाश पारेका थिए । यस्तै राजस्व तथा लेखाका बारेमा रमेस पियाले प्रकाश पारेका थिए ।

 
महासंघका महासचिव धर्मशुन्दर वज्राचार्यले कार्यक्रम निकै उपलब्धमिूलक भएको भन्दै ब्यवसायीहरुले यस्तो कार्यक्रम समय समयमा आयोजना गर्नै समेत माग गरेको बताए । कर्यक्रममा महासंघका विभिन्न पदाधिकारी तथा प्रदेश नम्वर १ का १ सय ५० भन्दा बढी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

 
सो सचेतना कार्यक्रम महासंघका अध्यक्ष मोहन कुमार सुनारको सभापतित्वमा सम्पन्न भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD