काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संघ नेपाल सांस्कृति संघको केन्द्रीय सह–महामन्त्री पदमा रमेश मुनिकार नियुक्त भएका छन ।
संघले मुनिकारलाई माघ १५ गते सह–महामन्त्रीमा मनोनयन गरेको जनाएको छ ।
‘संघको पदाधिकारीको रुपमा विगतमा यहाँले लोकतान्त्रिक आन्दोलन र सांस्कृतिक उच्चता श्रीबृद्धि गर्न उल्लेखनीय योगदान निर्वाह गर्दै आउनु भएको भूमिकाको स्मरण गर्दै उक्त पदमा मनोनय गरिएको सहर्ष जानकारी गराउँछु ।’ संघले जारी गरेको मनोनय पत्रमा भनिएको छ ।
मुनिकार संघको स्थापना कालदेखि काठमाडौं जिल्ला सचिव, केन्द्रिय सदस्य, धवलागिरी अञ्चल प्रमुख, अभिलेख विभाग प्रमुख, केन्द्रिय सह–कोषाध्यक्ष हुँदै हाल सह–महामन्त्री पदमा मनोनय भएका हुन ।
काठमाडौं निवासी मुनिकार एक सांस्कृतिककर्मी, युवा राजनीतिककर्मी, सामाजिक कार्यकर्ता समेत हुन । उनले सांस्कृतिक टोलको नेतृत्व गर्दै थाईल्याण्ड, अमेरिका, चीन, ताईवान, भारतलगात मुलुकका विभिन्न जिल्लामा भ्रमण गरेका छन ।
Categorized in समाज