काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका एकनारायण अर्याललाई बधाई दिएको छ ।
प्रम ओलीले आफ्नो समाजिक सञ्जाल मार्फत शुक्रवार विहान बधाई दिएको हो ।
नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनु पर्नु पर्ने उल्लेख गरेका छन ।
उनले भने,‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ । सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो । हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।’
प्रधानमन्त्री ओलीले सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन ? प्रश्न गर्दै भने, ‘यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ । हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख(निजामती , शिक्षक ,सुरक्षा ) राष्ट्र सेवक कर्मचारी छन । कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन र देश सफल हुन्छ । यस कामका लागि सफलता मिलोस भन्ने कामना गर्दछु ।’
सबै कर्मचारी जागिरे मात्र होइनन नागरिकका सेवक हुन । राष्ट्रसेवाका लागि सफलता मिलोस भन्दै मुख्य सचिव अर्याल प्रति शुभकामना व्यक्त गरेका छन ।
अर्याललाई विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा नियुक्त गरेका थियो ।
Categorized in राष्ट्रिय