२७ बैशाख २०८१, बिहिबार
Header

नेपाल सरकारको खातामा १ खर्ब ८७ अर्ब ८६ करोड मौज्दात


प्रकाशित: विहिवार, २६ पुस २०८०, २०ः२५ बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको नाममा रहेको बैंक खातामा खातामा १ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ मौज्दात रहेको जनाएको छ । 


उक्त रकम पछिल्लो ५ महिनामा मौज्दात बढेर उक्त रकम पुुगेको हो ।  २०८० असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँमा झरेको थियो । 


नेपाल सरकारले ५ महिनाको अवधिमा ४५३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१ प्रतिशत धेरै हो । 


यस अवधिमा सरकारले ३६० अर्ब चालु, ३६ अर्ब ६ करोड पूँजीगत र वित्तीय व्यवस्थामा ५६ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।


मंसिरसम्म ३६३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको यसै अवधिमा उठेको राजस्वको तुलनामा ११.२ प्रतिशत धेरै हो । यस अवधिमा कर राजस्व ३३७ अर्ब १९ करोड र गैरकर राजस्व २६ अर्ब २४ करोड रुपैयाँ उठेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD