६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाल समूहको राष्ट्रिय भेलामा चार हजार कार्यकता सहभागी (फोटोफिचर)


प्रकाशित: बुधवार, ४ चैत्र २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा (एमाले) नेपाल समूहको राष्ट्रिय भेला बुधवारबाट सुरु भएको छ । 


ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालित भेलामा देशभरीबाट चार हजार नेता तथा कार्यकर्ता सहभागी भएको नेता योगेश भट्टराईले बताएका छन । 

 


पार्टीका प्रचार –प्रसार विभाग प्रमुख समेत रहेका नेता भट्टराईद्धारा जारी प्रेस विज्ञप्तीमा ‘पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन आयोजित यस भेलामा देशभरिबाट चार हजार नेता–कार्यकर्ताहरु उत्साहका साथ सहभागी हुनुभएको छ ।’ उल्ल्ेख छ । 

 


भेलामा बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन । 


‘अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा जोड दिइएको छ । पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ ।’

 


पार्टीका पूर्वअध्यक्ष तथा बरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा आयोजित भेला भोली सम्पन्न हुने बताईएको छ । 


पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डे,उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अग्रज नेता सिद्धिलाल सिंह, कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायत शुभेच्छा प्रकट प्रकट गरेका थिए । 

 


उक्त अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex