१९ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

नेपाल संवत ११४७ राष्ट्रिय गौरव र सांस्कृतिक पहिचानका रूपमा मनाउन आह्वान


प्रकाशित: बुधवार, १८ कात्तिक २०८३, १५ः५० बजे
- महानगरखबर

काठमाडौं ।  नेपाल संवत ११४७ लाई राष्ट्रिय गौरव, सांस्कृतिक पहिचान तथा सामाजिक सद्भावको प्रतीकका रूपमा मनाउन नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिले आह्वान गरेको छ ।


समितिले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल संवत नेपालको इतिहास, राष्ट्रिय पहिचान, सांस्कृतिक स्वाभिमान र सामाजिक सद्भावसँग जोडिएको मौलिक राष्ट्रिय सम्पदा भएको उल्लेख गरेको छ ।

 
राष्ट्रिय विभूति शंखधर साख्वाले लोककल्याणकारी योगदानमार्फत सुरु गरेको नेपाल संवत नेपाली जनताको साझा गौरव भएको समितिको भनाइ छ ।


नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन विगतमा भएका आन्दोलन, संघर्ष तथा अभियानको स्मरण गर्दै समितिले यसको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराएको छ । 


नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गरिए पनि सरकारी निकायमा यसको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै समितिले सरकारी कामकाजमा नेपाल संवतको प्रयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।


नेपाल संवत्को संरक्षण, प्रवद्र्धन तथा कार्यान्वयनका लागि सरकारी निकाय, अधिकारसम्पन्न अध्ययन अनुसन्धान प्रतिष्ठान, नेपाली नोट तथा सिक्कामा नेपाल संवतको उल्लेख, शंखधर दिवसको राष्ट्रिय मान्यता तथा नेपाल संवत प्रवद्र्धनका लागि नियमित बजेट व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ ।


त्यसैगरी प्रदेश सरकार, स्थानीय तह तथा राजनीतिक दलहरूले नेपाल संवत्को संरक्षण र प्रवद्र्धनसम्बन्धी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने समितिको आग्रह छ । 
बागमती प्रदेश सरकारबाट नेपाल संवत तथा प्रवद्र्धनसम्बन्धी कार्यक्रम अघि बढाउनुपर्नेमा समेत जोड दिइएको छ ।

 

नेपाल संवत ११४७ को अवसरमा सांस्कृतिक गतिविधि, जनस्तरका अभियान तथा विभिन्न कार्यक्रममार्फत नेपाल संवत्को महत्त्व प्रचारप्रसार गर्न समितिले आह्वान गरेको छ । नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण, सम्मान र प्रवद्र्धनमा सबैको सहभागिता आवश्यक रहेको समितिले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika