२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाल संवत ११४५ न्हूदँ (नयाँ बर्ष) भव्य रुपमा मनाउन अपिल


प्रकाशित: मंगलवार, ६ कात्तिक २०८१, १८ः४० बजे
- महानगरखवर

काठामडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ न्हुँद (नयाँ बर्ष) भव्य रुपमा मनाउन अपिल गरेका छन ।


मंगलवार काठमाडौंको खुसिबुस्थित नेपाः ब्याक्ेटमा आयोजित नयाँ बर्ष शुभकामना आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो आग्रह गरेका हुन । 


मन्त्री सिंहले नेपाल संवत ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहने सबैलाई नेपालीजनलाई शुभकामना दिँदै संवत भव्य रुपमा मनाउन आग्रह गरेको हो ।


उनले नेपाल संवत् मनाउन सरकारले गर्ने सहयोगको लागि आफूले गर्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । 

 


सो अवसरमा न्हूदँ समारो समिति ११४५ का नायः राजेन्द्र प्रसाद श्रेष्ठले स्वागत गर्दै संवत भव्य र उल्लाहासका साथ मनाउन अपिल समेत गरेका थिए । 


कार्यक्रममा नेपाल संवत न्हूदँ राष्ट्रिय संरक्षण समाजका संयोजक प्रा.डा. नरेशमान बज्राचार्य, संरक्षण समाजका संरक्षकका साथै मल्ल के सुन्दर, संरक्षक हितकरवीर सिं कंसाकार, पूर्वमन्त्री रक्षा भिमसेनदास प्रधान, पूर्व संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगयातले अथितिको आसन ग्रहण गरेका थिए ।


त्यसैगरी, पूर्वमन्त्रीहरु बसन्त मानन्धर, शैलेन्द्रमान बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य , भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको पनि सहभागिता रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex