काठमाडौं । नेपाल संवत ११४५ न्हुँदको अवसरमा राउण्ड टेवल टकको कार्यक्रम सम्पन्न गरिएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित सो कार्यक्रममा नेवाः अगुवा, विद्धान, सञ्चारकर्मी, अभियान्ताहरुले आ–आफ्नो भनाई राखेका छन ।
सो अवसरमा नेवाः अनलाइनन्यूजका सम्पादक सुजिब बज्राचार्य, नेवाः राष्ट्रिय देयः दबुका उपाध्यक्ष उमेश स्थापित, सञ्चारकर्मी रश्मिला प्रजापति, राष्ट्रिय शंखधर साख्वा प्रतिष्ठाका अध्यक्ष ज्ञानुराम श्रेष्ठ, समाचार दैनिकका प्रबन्ध निर्देशक द्धिरेकलाल श्रेष्ठ, गुठी संस्थाका प्रशासन प्रमुख किरण शाक्य, अभियान्ता राजाराम तण्डुकारले नेपाल संवतको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमा पत्रकार सुनिल महर्जनले नेपाल संवतको महत्व र आवयक्ताबारे प्रश्नहरु गरेका थिए ।
कातिक १७ गते म्हःपुजाको दिन काठमाडौंको बसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा न्हुँद समारोहको आयोजना गरिएको छ ।

भिडियो तथा तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज