६ जेठ २०८१, आइतबार
Header

नेपाल संवत मनाउन महानगरले पहल गर्नुु पर्ने ताम्रकार समाजको आग्रह


काठमाडौं । नेपाल संवत् राष्ट्रिय संवतको रुपमा मनाउन ललितपुर महानगरपालिकाले पहल गर्नु पर्ने ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले बताएका छन । 


शनिवार विहान नेपाल संवत् ११४४ न्हुँद नयाँ बर्षको अवसरमा जावलाखेलस्थित श्री उग्रचण्डीमाई परिसर ताम्रकार कूलदेवता परिसमा आयोजित शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन । 


‘संघीय सरकारले नेपाल संवत्लाई सरकारी माईन्युट र दस्तावेजमा अनिवार्य प्रयोग गर्ने निर्णय गरिसकेको, वाग्मती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजी भाषा बनाउने विधेयक पारित गरेको स्थितिमा स्थानीय तहकै अग्रसरतामा नेपाल संवत नयाँ वर्ष मनाउनुपर्ने उपयुक्त हुनेछ । ’ उनले भने ।


अध्यक्ष ताम्रकारले महानगरपालिकाले नेपाल संवत् मनाउन सहकार्य गरी यसको नेतृत्व लिनुु पर्नेमा जोडदिँदै भने यसो भएको खण्डमा नेपाल संवत् राष्ट्रिय संवत् भन्ने भाव आमजनमा पुराउन सकिने छ । 


कार्यक्रममा सहभागी भएका महानगर प्रमुख चिरिबाबुु महर्जनले यस विषयमा आगामी कार्यपालिका बैठकमा प्रस्ताव राख्ने बताए । 


उनले नेपाल भाषा मंका खलः यलसंग सहकार्य गरी खोकना, बुंगमती, हरिसिद्धि र धापाखेलमा शंखधर साख्वाको सालिक राख्ने कार्य सम्पन्न भएको पनि जानकारी दिए ।


नेपाल संवतका प्रर्वतक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिन २०५७ मंसिर ७ गतेलाई स्मरण गरी प्रत्येक वर्ष सोही दिन महानगरपालिकाले आयोजना गर्दै आएको कार्यक्रम केही वर्षदेखि रोकिएकोमा अध्यक्ष ताम्रकारले ध्यानाकर्षण गराए ।


सो अवसरमा वाग्मती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा सामान्य पशासन मन्त्री रामकृष्ण चित्रकारले बागमति प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिलाएको बताउँदै यसलाई व्यवहारमा लगिने भनाई राखे । 


ललितपुर क्षेत्र नं २ का सांसद् प्रेम महर्जन, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जन लगायतको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD