६ बैशाख २०८१, बिहिबार
Header

नेपाल संवत अनुसार पनि शताव्दी पुरुष जोशीको जन्मोत्सव मनाईयो


प्रकाशित: बुधवार, १५ जेठ २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल संवत अनुसार पनि वाङमय शताव्दी पुरुष सत्यमोहन जोशीको जन्मोत्सव मंगलाव भव्य रुपमा विविध कार्यक्रम गरी मनाईएको छ । 


चन्द्रमासका अनुसार नेपाल संवत बछलागा नवमीको दिन परेकोले सो अवसरमा जोशीको निवास पाटनमा उनका आफन्तहरुले नेवारी परम्परा अनुसार विभिन्न सगुन दिएर मनाएको छ । 


यसैगरी लोक साहित्य परिषदका अध्यक्ष प्रेम शान्ति तुलाधारको संयोजकत्वमा शताव्दी पुरुष जोशीलाई नेवारी परम्परा अनुसार सगुन अर्र्पण गरी जन्मोत्सव मनाईएको थियो । 


ललितपुर महानगरपालिका र नेपाल परम्परागत बौद्ध धर्म संघको संयुक्त आयोजनमा पाटन मंगलबजारको कात्तिक डवलीमा भव्यमा जोशीको जन्मोत्सव विभिन्न कार्यक्रमका साथ मनाईएको थियो ।


पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको विशेष उपस्थितमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष नरेश बज्राचार्यले स्वागत मन्तव्य दिएका थिए भने आर्य नाम संगीत स्त्रोत पनि बाचन गएिको थियो । 


कार्यक्रममा ललितपुर महानगरपालिकाका कार्यबाहक अध्यक्ष गीता सत्याल, लपु १६ अध्यक्ष निर्मलरत्न शाक्य, नेपालमण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जन लगायत जोशीका शुभचिन्तकहरुको उल्लेखिय संख्यामा उपस्तीथी रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD