६ जेठ २०८१, आइतबार
Header

नेपाल संवत् ११४४ को अवसरमा बसन्तपुरमा चित्रकला प्रदर्शनी


प्रकाशित: विहिवार, ३० कातिक २०८०, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल संवत् ११४४ को अवसरमा बसन्तपुरमा मंगलवार चित्रकला प्रर्दशनी गरिएको छ ।


बाग्मती प्रदेशका प्रदेश सभा सदस्य शैलेन्द्र मान बज्राचार्यको नेतृत्वमा आयोजित सो चित्रकला प्रदर्शनी उद्घाटन बाग्मती प्रदेशका मुख्य मन्त्री माननीय शालिक राम जम्मरकट्टेलले गरे ।


मुख्यमन्त्री जमरकट्टेलले कलाका माध्यम द्धारा नेपाल संवतलाई स्वागत गरेकोमा आयोजकहरुलाई धन्यवाद एवं कलाका माध्यम बाट संस्कृति चिनाउने नौलो कार्य लाई प्रदेश सरकारले सधैं नै प्रोत्साहन गर्ने तथा यसका लागी उचित सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 


सो अवसरमा प्रदेश सभा सदस्य बज्राचार्यले प्रदेश सरकारले पर्यटन प्रबद्र्धन तथा संस्कृति जर्गेनामा तत्परताका साथ सहयोग गर्ने तथा युवा जोश तथा नविन उत्प्रेरक कार्यहरुलागी साथ दिने समेत बताए । 


चित्रकला प्रदर्शनीका आयोजक संस्था काठमाडौं दरबार स्क्वाएर पर्यटन प्रवर्दन संघका सदस्य दिल्लीरत्न तुलाधार, सम्वर्धन संस्थाका उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठ तथा आर्ट बुमका रत्न शाक्यले मुख्य मन्त्री कट्टेललाई स्वागत गरेका थिए । 


आयोजक संस्थाहरुले नेपाल संवत ११४४ लाई स्वागत गरी बसन्तपुर दरबार क्षेत्रमा मास्टर स्ट्रोक्स नामक चित्रकला प्रदर्शनी गरेका हुन । 


कार्यक्रम मा नेपालका चर्चित १८ कलाकार हरुले कार्यक्रम स्थालमै चित्रकला कोरेका थिए । 


उक्त कार्यक्रम लाई बाग्मती प्रदेश सरकार, प्रहरी वृत्त जनसेवा ( न्युरोड, सार्दुल जङ्ग गुल्म, नेपाल संवत न्हुदँ समारोह समिति ११४४, हनुमानढोका दरबार हेरचाह अड्डा, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, यलः आर्ट ग्यालरी तथा ललितकला गुठी को समेत सहयोग रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD