काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पुरानो बसपार्क बागबजारले दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
नेपाल संवत् ११४३, शुभदिपावली तथा छठपर्व २०७९ को विशेष अवसरमा कातिक ७ गते सोमवार लक्ष्मीपूजाका दिन दौड प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका संयोजक पूर्ण बहादुर खड्गीले जानकारी दिए ।
काठमाडौं महानगरपालिका वडा २८ का स्थानीय ४० बर्षदेखि माथिका महिला तथा पुरुषले भाग लिन सक्ने संयोजक खड्गीले बताए ।
सो दौड प्रतियोगिताले खेलकुदमा रुची राख्ने स्थानीयहरुलाई एक अवसर पनि भएको र यस किसिमको गतिविधिले स्वास्थ्य पनि राम्रो हुने भएकाले यस चाडपर्व तथा न्हूँदको अवसरमा दौड प्रतियोगिता गरिएको आयोजना गरिएको खड्गीको भनाई छ ।
दौड प्रतियोगिताको तयारी भईरहेको सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले बताए । उनका अनुसार कार्यक्रम विहान ८ बजे बागबजारको कामयाक बोर्डिङ स्कुलबाट सुरु गरिने जानकारी दिए ।

दौड प्रतियोगिताको रुट कामयाक स्कुलदेखि रत्नपार्क, भद्रकाली, सिंहदरवार, पुतली सडक र फेर कामयाक स्कुल बागबजारमै टुंगिने जोशीले बताए ।
कार्यक्रम समितिका सदस्य अजय खड्गीले कार्यक्रम सुरु गर्ने क्रममा वाङमय शताव्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा एक मिनेट शोक मौनधारण गरी गरिने भएको जानकारी दिए ।
स्थानीय समाजसेवी जेष्ठ नागरिकबाट कार्यक्रमको उद्घाटन गरिने छ भने कार्यक्रममा सहभागीहरुमध्येबाट प्रथम, दोस्रो, तेस्रो पुरस्कार र २ जनालाई सन्तवना पुरस्कार दिईने छ ।
साथै यस कार्यक्रमलाई सहयोग गर्ने विभिन्न संघ, संस्थालाई प्रशंशा पत्र पनि प्रदान गरिने कार्यक्रम समितिका सदस्य खड्गीले बताए ।
सो समितिका सदस्यहरुमा सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँ, कोषाध्यक्ष निमित्ता शाक्य प्रधान, बसन्त तण्डुकार, हर्कराज जोशी छन ।
Categorized in समाज