काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
निगमले बिहीबार सूचना जारी गर्दै ४४ जना कर्मचारी माग गरेको हो।
निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटर पदमा २० जना कर्मचारी माग गरेको छ ।
यसमा इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन दिनको लागि समयसीमा असार १९ गतेसम्म तोकिएको छ ।
उमेर र योग्यताको शर्त
आवेदन गर्नका लागि उमेर हद १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाहरुको लागि यो उमेर हद ४० वर्षसम्म छ ।
यसैगरी, इच्छुक उम्मेदवारले निर्धारित योग्यताका आधारमा आवेदन दिन सक्नेछन् । निगमले आवेदकहरूबाट आवश्यक कागजातको प्रमाण सहित आवेदन दर्ता गर्ने प्रक्रिया पनि सुरु गरेको छ ।
कर्मचारी माग सुचनाः

Categorized in राष्ट्रिय