१५ बैशाख २०८१, शनिबार
Header

नेपाल लिग चरणबाटै बाहिरियो


प्रकाशित: आइतवार, १० असार २०८०, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । भारतको बंग्लोरमा आयोजित साफ च्याम्पियनसिप २०२३ को खेलमा नेपाल लिग चरणबाट बाहिरिएको छ ।


सुरुवाती दुई खेलमै कुवेत र भारतविरुद्धको खेलमा नेपाल लगातार दुई खेल हार्दै समूहको अन्तिम खेल खेल्नु अघि नै बाहिरियो ।


पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग २–० ले पराजित भयो । 


पाकिस्तानसँग मंगलबार हुने खेल नेपालको लागि औपचारिकता मात्रै हुनेछ ।


नेपालले यसपालि प्रतियोगितामा उपविजेताका रूपमा प्रवेश गरे पनि आफ्नो प्रतिष्ठाअनुसार खेल्न सकेन । नेपाल सन २०१५ यता साफमा पहिलो पटक लिग चरणबाटै बाहिरिएको छ ।


नेपालले एक दशकयता भारतलाई हराउन सकेको छैन । कुवेतविरुद्धत झन नेपालले एक खेल पनि जितेको थिएन ।


प्रशिक्षक भिनसेन्जोले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन ।  


पाकिस्तानविरुद्धको खेल जितेर घर फर्कने उनले बताए । ‘हामीले जस्तो प्रदर्शन र्गयौँ त्यसबाट खुशी छु । पाकिस्तानसँगको खेल जितेर घर फर्कनेछौँ,’ उनले भने ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD