२२ बैशाख २०८१, शनिबार
Header

नेपाल लाईफ इन्स्योरन्सको बीमा क्षेत्रमा नम्बर १ भएको दावी


प्रकाशित: मंगलवार, ६ पुष २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । विमा क्षेत्रमा नम्बर १ भएको नेपाल लाईफ इन्स्योरन्स जीवन विमा कम्पनीले दावी गरेको छ । 


यसै अवसरमा कम्पनीले नेपालकै नम्बर १ अभियान सार्वजनिक गरी प्रमाणहरु प्रस्तुत गरेको छ । 


आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष रहेको कम्पनीले तथ्यांक प्रस्तुत गरेको छ । 


साथै  २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्ब रुपैयाँको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्ब रुपैयाँको सर्वाधिक चुक्ता पुँजी रहेको समेत जनाएको छ । 


जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गते देखि नेपालकै नं. १ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD