८ बैशाख २०८१, शनिबार
Header

नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक


प्रकाशित: मंगलवार, २१ मंसिर २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ समुन्नत जीवन बीमा योजना पोलिसी ल्याएको छ । 


मंगलबार एक कार्यक्रमविच जोखिमयुक्त पेसाहरु चिकित्सा, इन्जिनियरिङ, बाइक राइडर, औद्योगिक कामदारसम्मलाई लक्षित गरेर यो योजना ल्याएको कम्पनीले जनाएको छ । 


कम्पनीको अनुसार योजना अन्तर्गत बीमाअवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नेछन । 


यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने कम्पनीले जनाएकोक छ ।  कम्पनीका अनुसार ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ ।


अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । 


यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुने छ । ५० हजारदेखि एक करोड रुपैयाँसम्मको बीमांक रकमको बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD