२२ बैशाख २०८१, शनिबार
Header

नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढि विमा शुल्क आर्जन गर्न सफल


प्रकाशित: सोमवार, २ फागुन २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । विमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनी सबैभन्दा बढि विमा शुल्क आर्जन गर्ने कम्पनी बनेको छ । 


चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा सो कम्पनीले ६ महिनामा १८ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर पहिलो बनेको हो ।


दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कम्पनी आएको छ । कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा करिब ८ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


नेशनल लाइफ इन्स्योरेन्सले करिब ६ अर्ब ८० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेर तेस्रो स्थानमा पुगेको छ भने राष्ट्रिय बीमा संस्थान बीमा कम्पनी कम्पनीले ६ अर्ब ९ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेर चौथो स्थानमा रहेको छ । 


युनियन लाइफ इन्स्योरेन्सको बीमा शुल्क ४ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेर पाँचौ स्थान पुगेको छ । एशियन लाइफ तीन अर्ब ४६ करोड रुपैयाँ आर्जन सहित छैटौं स्थानमा रहेको छ । 


यस्तै, मेट लाइफ, सिटिजन्स लाइफ, प्राइम लाइफ, सन नेपाल, सूर्या लाइफ, रिलायबल नेपाल, ज्योती लाइफ लगायत कम्पनीरुले एक अर्बभन्दा बढि विमा शुल्क पुस मसान्त सम्म आर्जन गरेको छ । 


सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । कम्पनीले ६९ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD