१५ बैशाख २०८२, सोमबार
Header

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो


प्रकाशित: आइतवार, २७ माघ २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।


सार्वजनिक गरिएको विवरण अनुसार इन्स्योरेन्सको ९.४ प्रतिशत नाफा बढेको छ ।


विवरणअनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा ४२ करोड ७७ लाख रुपैयाँ रहेकोमा अहिले खुद नाफा ४६ करोड ८१ लाख रुपैयाँ छ । 


कम्पनीको खुद प्रिमियम आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले १९ अर्ब ७१ करोड रहेकोमा अहिले २२ अर्ब १२ करोड छ । 


लगानी तथा ऋण प्रवाहवापतको आम्दानी पहिले ७ अर्ब ४८ करोड रहेकोमा अहिले ९ अर्ब २२ करोड छ । समग्रमा कुल आम्दानी १४ प्रतिशत बढेको छ, जसको प्रभाव कम्पनीको नाफामा देखिएको हो ।


कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४१ पैसा छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको यसको बजारमा सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँ छ ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex