काठमाडौं । दशरथ रंगशालामा आज बेलुका हुने साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरु विहिानैदेखि लाइनमा बसका छन ।
अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरको सातदोवाटोस्थित एन्फा कम्पलेक्स, जवालखेल खेल मैदान, भद्रकालीस्थित आर्मि अफिसियल केन्द्र र रंगशाला टिकट विक्री केन्द्र तोकेको छ ।
मानिसहरु विहान ६ बजेदेखिनै टिकट लिन लाइन बसेको पाएको छ ।
यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ ।
फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको भएपनि एन्फाले ११ हजार थान टिकट मात्र बिक्री गरिने एन्फाको तयारी छ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने भएको छ । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।
फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ । तर दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ ।
तस्वीरहः नवराज कुँवर/महानगरखबर
Categorized in मनोरन्जन