२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाल र तामाङ भाषा कामकाजी घोषणाको अवसरमा भोलि विदा


प्रकाशित: आइतवार, २३ बैशाख २०८१, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशमा नेपाल र तामाङ भाषा सरकारी कामकाजी घोषणाको अवसरमा भोलि(सोमवार) सार्वजनिक विदा दिएको छ ।


बागमति प्रदेश सरकारको मन्त्रिपरिषदको मिति २०८१ बैशाख १२ गतेको निर्णय अनुसार बैशाख २४ गते नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको रुपमा लागु गर्ने दिनको अवसरमा विदाको घोषणा गरेको प्रदेश सरकार सचिव पूर्णबहादुर दोर्जेले बताएका छन । 


यस अवसरमा बसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त घोषणा गर्ने कार्यक्रम रहेको विहिवार आयोजित पत्रकार सम्मेलनम जानकारी दिएको थियो ।


प्रदेश सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ लागु भएको घोषणा गर्न बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको संयोजक्त्वमा ३०२ सदस्य रहेको मूल समारोह समिति गठन गरेको छ । 


घोषणा कार्यक्रमको व्यवस्थापन नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू र तामाङ समुदायको राष्ट्रिय संगठन तामाङ घेदुुङले गर्ने भएको छ ।


कार्यक्रम अघि कुमारी जात्रा हुने स्थानहरुमा नेपाल र तामाङ समुदायको भेषभुषा, बाजागाजासहित ¥याली गरिने भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex