काठमाडौं । नेपाल र चीन सरकार विच ९ बुँदे सहयोग समझदारी भएको छ ।
शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वमा सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अघि द्वीपक्षीय औपचारिक वार्ता तथा छलफल भएको मन्त्रालयले बताएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अन्तरदेशीय रेलमार्ग (केरूङ–काठमाडौं) को सम्भाव्यता अध्ययन गर्न चीनले प्राविधिक सहायता गर्ने समझदारीमा हस्ताक्षर भएको छ ।

त्यस्तै, नेपाल–चीन प्रसारण लाइनको सम्भाव्यता अध्ययनमा सहकार्य गर्ने, नेपालबाट चीन निर्यात हुने सामानको स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल, अरनिको राजमार्गको तेस्रो चरण हस्तान्तरण, चिनियाँ मेडिकल टिमलाई नेपालमा काम गर्न पठाउनेलगायत विषयमा समझदारी भएको हो ।
मन्त्रालयले समझदारीको विस्तृत विवरण पछि प्रस्तुत गर्नेछ ।
Categorized in राष्ट्रिय