काठमाडौं । सरकारले नेपाल र चीनबीच भएको बिआरआई फ्रेमवर्क सम्झौता परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको दस्तावेजअनुसार आर्थिक सहकार्य, यातायात र कनेक्टिभिटी, व्यापार औद्योगिक विकास र लगानी, भन्सारमा सहकार्य गर्ने विषयलाई प्राथमिकतामा राख्ने उल्लेख छ।
दुबै पक्षको आवश्यकताका आधारमा परियोजनाहरूमा प्राविधिक सहयोग र ‘एड फाइनान्सिङ मोडालिटी’ तयार पारिने दस्तावेजमा उल्लेख छ ।
बिआरआई फ्रेमवर्क अन्तर्गत चिनियाँ पक्षबाट नेशनल डेभलपमेन्ट फर रिफर्म कमिसन र नेपालको पक्षबाट परराष्ट्र मन्त्रालयले नेतृत्व गर्ने उल्लेख छ ।
बिआरआई फ्रेमवर्क अन्तर्गत टोखा-छहरे सुरूङमार्ग, हिल्सा सिमकोट सडक, किमाथांका-खाँदबारी सडक र पुल, चीन नेपाल क्रसबोर्डर रेल्वे, अमरगढी सिटीहल, जिलोङ-रसुवागढी-चिलिमे क्रसबोर्डर ट्रान्समिसन लाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, काठमाडौं वैज्ञानिक केन्द्र तथा विज्ञान संग्रहालय, चीन-नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एण्ड एथ्लेटिक्स कम्लेक्सलाई सूचीकृत गरिएको छ ।
बिआरआई फ्रेमवक सम्झौता हेर्न क्लिक गरौं
Categorized in राष्ट्रिय