७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर


प्रकाशित: बुधवार, १९ मंसिर २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल र चीनबीच ’फ्रेमवर्क फर बिआरआई’ को अपरेसनमा बुधवार सम्झौता भएको छ । 


दुबै देशका परराष्ट्र सचिवहरूले बिआरआई फ्रेमवर्कमा सम्झौता गरेका हुन । यस अघिको तयारी पारिएको फ्रेमवर्कमा अनुदान अर्थात ग्रान्ट शव्द संशोधन गरेर सम्झौता भएको हो ।

 
‘ग्रान्ट फाइनान्सिङ’ लेखिएको ठाउँमा ‘एड फाइनान्सिङ’ राखेर हस्ताक्षर गरिएको छ । फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फ नेशनल डेभलपमेन्ट रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए ।


ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एड अर्थ सहायता भन्ने हुन्छ । त्यो अनुदान या ऋण जे पनि हुन सक्छ ।


बिआरआई अन्तर्गत ऋण नलिने नेपालको प्रस्तावमा चीन असहमत भएपछि नेपाल र चीनका अधिकारीहरूबीच भएको अनौपचारिक छलफलमा बीचको बाटो खोज्ने सहमति भएको थियो ।


यस्तै, चीनले फ्रेमवर्कबाट बिआरआई अन्तर्गत मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउने प्रस्ताव हटाएकोमा फेरि थपिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex