२७ बैशाख २०८१, बिहिबार
Header

नेपाल र कतारबीच भए यी क्षेत्रहरुमा समझदारी र सम्झौता


प्रकाशित: बुधवार, १२ बैशाख २०८१, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल र कतारका प्रतिनिधिमण्डलविच भेटवार्तामा पनि विभिन्न ७ क्षेत्रमा समझदारी भएको छ भने एक क्षेत्रमा सम्झौता भएको छ । 


मंगलवार काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री पुुष्पकमल दाहाल र  कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग भएको द्धिपक्षी भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । 


राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ भने बाँकी क्षेत्रमा समझदारी भएको जनाएको छ । 


नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 


सरकारी स्तरमा भएको समक्षदारी पत्रमा नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे । 


नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच समझदारी भएका छन । 


समझदारीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए भने कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।


गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD