२० बैशाख २०८१, बिहिबार
Header

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर


प्रकाशित: शुक्रवार, ६ पुस २०८०, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेका ६७ पदमा दरखास्त आह्वान गरेको छ । 


शुक्रवार सूचना जारी गर्दै बैंकले प्रशासन तर्फ अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदमा १९ जना, प्रशासन तर्फै अधिकृत तृतीय श्रेणी सहायक निर्देशक (लेखारलेखापरीक्षण) पदमा ५ जना माग गरेकोछ । 


त्यसैगरी, सहायक निर्देशक (वाणिज्य कानुन) तर्फ २ जनाको लागि माग भएको छ । प्राविधिकतर्फ सहायक निर्देशक (सूचना प्रविधि) तर्फ ६ जनाको पदपूर्तिका लागि सूचना जारी भएको छ ।


प्रशासनतर्फ सहायक द्वितीय श्रेणी सहायक पदमा २० जना र सहायक (कानुन) मा ४ जना, प्राविधिकतर्फ सहायक (सूचना प्रविधि) मा ११ जनाको लागि आवेदन माग गरिएको छ ।


सहायक निर्देशक पदका लागि आवेदन दिन चाहनेको पुरुषको उमेर २०८० साल पुस २६ गतेसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै, महिलाको उमेर २१ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ ।


सहायक पदका लागि पुरुषको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।


महिला कर्मचारीका लागि परीक्षाकाल अवधि ६ महिना हुने र परुषका लाथि १ वर्ष हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।


आवोदनको लागि अधिकृत तृतीय श्रेणीको लागि एक हजार, सहायक द्वितीय श्रेणीका लाग ८०० रुपैयाँ तिरेर अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्ने जनाएको छ । 


आवेदन दिने मिति २०८० पुस २६ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म दरखास्त दिन सकिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD