२७ बैशाख २०८१, बिहिबार
Header

नेपाल यू-१९ को सुपुर सिक्समा


प्रकाशित: शुक्रवार, १२ माघ २०८०, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपुर सिक्समा पुुगेको छ ।

 
आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।


तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनले नेपाललाई सुपुर सिक्समा ल्याएको हो । 


नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरयो ।


समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन । 


अब नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD