२१ बैशाख २०८१, शुक्रबार
Header

नेपाल यू–१९ विश्वकपमा छनोट 


प्रकाशित: विहिवार, १८ फागुन २०७९, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल यू–१९ विश्वकपमा छनोट भएको छ । 


आगामी बर्ष सन् २०२४ मा श्रीलंका हुने विश्वकप क्रिकेटमा खेल्नको लागि छनौट भएको हो ।

 
बिहिबार युएईमा भएको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको जित निकाल्दै नेपाल विश्वकपमा छानिएको हो । 


युएईको अजमानस्थित इडेन गार्डेन ओभलमा नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएई अन्तिम १२ बल अगाडि नै १८४ रनमा अलआउट भएको थियो । 


दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गर्दा अविस्मरणीय रुपमा नेपाललाई विश्वकपमा र्पुयाएका हुन । 


जगत टमाटाको प्रशिक्षक र देव खनालको कप्तानीमा रहेको नेपालले यो पटक भने पाँच खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भयो । 


नेपाल विश्वकप पुगेको यो आठौं पटक हो ।


नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि नेपालले यू १९ विश्वकप खेल्न अबसर जुटेको थिएन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD