२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपाल भ्रमणमा भारतीय पर्यटक पहिलो, चीनपछि अमेरिका


प्रकाशित: विहिवार, २७ मंसिर २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांक अनुसार नेपाल भ्रमण आउने पर्यटकहरुमा सबैभन्दा पहिला भारतीय रहेको जनाएको छ । 


दोश्रोमा चीन र तेश्रोमा भारत रहेको छ । सन २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएको छ । 


जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो । 


तथ्यांक अनुसार छिमेकी मुलुक सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन । 


यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन । बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटक आएका छन । 


पर्यटक आवागमन वृद्धि अहिलेसम्मकै ऐतिहासिक भएको र यसले नेपाली पर्यटनमा थप उत्साह जगाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । 


सन २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex