८ बैशाख २०८१, शनिबार
Header

नेपाल भाषा बोल्न र लेख्नेलाई काठमाडौं महानगरमा जागिरको अवसर


प्रकाशित: विहिवार, २९ माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भाषा बोल्न र लेख्न जान्नेहरुको लागि काठमाडौं महानगरपालिकाले जागिरको अवसर प्रदान गर्ने भएको छ । 


महानगरपालिकाले विहिवार एक सुचना जारी गरी नेपाल भाषाका प्रशिक्षण सहायकको लागि विज्ञापन गरेको छ । १७२ सिट संख्यामा प्रशिक्षण सहायक पदमा नेपाल भाषा बोल्न र लेख्न जान्ने जोकसै नेपाली नागरिकले दरखास्त दिन सक्ने छ । 


महानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयहरुको आधारभूत तह (कक्षा १ देखि ८) सम्म नेपाल भाषा (स्थानीय विषय)ं प्रशिक्षण गर्न  प्रशिक्षण सहायकको माग गरेको हो । 


सुचना जारी भएको १५ दिनभित्र १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको महिला पुरुषले महानगरपालिकाको शिक्षा विभाग तहाचलमा दरखास्त दिन सक्ने महानगरपालिकाले जनाएको छ ।

 
प्रशिक्षण सहायकको लागि कम्तिमा एसईई वा सो सरहको परिक्षा उतिर्ण गरेको, नेपाल भाषा संरक्षण, सम्बद्र्धन गर्ने दर्तावाला संस्थाले नेपाल भाषा लेख्न र बोल्न योग्य रहेको सिफारिस, न्यूनतम एक बर्ष शिक्षण अनुभव भएको हकममा उमेरको हद नलाग्ने, महानगरवासीलाई विशेष गाह्यता दिने जारी सुचनामा उल्लेख छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD