११ कार्तिक २०८३, मंगलबार
Binod Yojesh Ram

नेपाल भाषा प्रशिक्षण सहायकहरुका लागि पुनर्ताजगी तालिम सुरु


प्रकाशित: विहिवार, ३ माघ २०८१, १०ः५० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले १७२ जना नेपाल भाषा प्रशिक्षण सहायकहरुका लागि पुनर्ताजगी तालिम सुरु गरेको छ ।


बुधवारदेखि दरवारहाईस्कुलको भानु माध्यमिक विद्यालयमा ५ दिनको तालिम हुने महानगरले जनाएको छ ।

 
‘येँ देय् म्हसिके’ अर्थात् काठमाडौँलाई चिनौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तहका लागि कार्यान्वयनमा ल्याएको स्थानीय भाषाको पाठ्यक्रम काठमाडौं महानगरका समुदायिक र संस्थागत विद्यालयमा पढाउने गरिन्छ । 


महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले तालिमको शुभारम्भ गरेकी हुन ।

 
त्यस क्रममा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले, स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्ने विषयलाई राजनीतिक तहबाट नीति निर्माण र बजेटको व्यवस्था गरेर पूरा गरिएको बताए । ‘यसलाई शिक्षकहरुको प्रयत्नले व्यवहारमा प्राप्त गर्न सकिन्छ । यसकारण हामीले सक्रिय शिक्षकको अपेक्षा गरेका छौँ ।’ उहाँको भनाइ थियो ।  


भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्नमा काठमाडौँ महानगरपालिकाले सिकाइ स्थापित गरेको बताए । 


शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार १ देखि ३ सम्म आवधिक मूल्याङ्कन हुँदैन । यसलाई जुन दिन जुन विषय पढायो । त्यही दिन, मूल्याङ्कन गरिन्छ । यो अभ्यासगत मूल्याङ्कन प्रणाली हो । नेपाल भाषाको सिकाइअन्तर्गत कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन तथा मूल्याङ्कन हुन्छ । यस्तै कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन र मूल्याङ्कन हुने व्यवस्था गरिएको छ ।


नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । यही व्यवस्था कार्यान्वयन गर्दै नेपाल भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । 


काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, सिप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेलका बारेमा जान्न सकुन भन्ने उद्देश्यले नेपाल भाषाको पाठ्यक्रम कार्यान्वयन गरिएको हो ।

 

16 January 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika