१२ बैशाख २०८१, बुधबार
Header

नेपाल भाषा पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौं चिनौ) विमोचन 


प्रकाशित: शुक्रवार, २८ फागुन २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार नेपाल भाषाको पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौं चिनौ) विमोचन गरेको छ । 


महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा आधारभूत तह (कक्षा १ देखि ८ गते) सम्म स्थानीय भाषा (नेपाल भाषा) पढाउने महानगरको नीति अनुसार कक्षा १ देखि ४ सम्मको पाठयक्रम सार्वजनिक गरिएको हो । 

 


विमोचन कार्यक्रमका प्रमुख अतिथी शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, प्रशासकिय प्रमुख अधिकृत राजेश्वर ज्ञवाली, शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।


कार्यक्रममा नेवाः मोर्डन स्कुलका चार जना सना विधार्थीहरुले ‘ये देय् म्हसिके’ लेखिएको माटाका भाडा राखिएको भैरवको मस्कट लिएपछि अतिथीहरुले पुस्तक निकाली विमोचन गरेका थिए ।

 


सो कार्यक्रममा नेपालभाषा पाठय्क्रम तयार पार्न गठित समितिका सदस्यरु नेरशवीर शाक्य, सुरेश किरण, डा. चुन्दा बज्राचार्यलगायतलाई सम्मान गरिएको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD