८ बैशाख २०८१, शनिबार
Header

नेपाल भाषा पत्रकारिता व्यवसायिक नभएकोमा चिन्ता व्यक्त


प्रकाशित: आईतवार, १० फागुन २०७७, २१ः०० बजे
- अजय खड्गी

काठमाडौं । नेपाल भाषा पत्रकारिता अझै पनि व्यवसायिक हुन नसकेको वक्ताहरुले बताएका छन ।


मातृभाषा दिवशको अवसरमा आईतवार राजधानीमा अयोजित कार्यक्रमा नेपाल भाषाका वरिष्ठ पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथी सुरेश किरण मानन्धरले नेपाल भाषा पत्रकारिता व्यवसायिक हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन । 


नेपाल भाषा टाईम्सका सम्पादक समेत रहेका मानन्धरले भने, ‘हाम्रो भाषाको पत्रकारिता अझै पनि मिसन पत्रकारिताकै अवस्थामा छ । व्यवसायिक बनाउन भाषागत पत्रकारितामा दक्ष पत्रकार, विज्ञापनदाता लगायतको महत्वपूर्ण भूमिका हुन्छ ।’


उनले संघीयता आएपनि स्थानीय भाषाको व्यवाहारिक प्रयोग हुन नसक्नु, संघीयताको उद्देश्य अनुरुप काम हुन नसक्दा स्थानीय भाषाको संरक्षण, सम्बद्र्धनमा राज्य जिम्मेवार नहँुदा मातृभाषाको अवस्था दयनीय बन्दै गएको बताए । 


नेपालको पत्रकारिता क्षेत्र नेवाहरुको महत्वपूण योगदान रहेपनि राज्यले यसको मुल्यांकन नगरेकोमा शाक्यले दुःख व्यक्त गरेका छन । 


सो अवसरमा नेवाः राष्ट्रिय पत्रकार दवु काठमाडौं जिल्ला सदस्य अस्मित मल्लले अनलाईन मिडियामा नेपाल भाषाको पत्रकारिता प्रभाकारिताबारे बोलेका थिए । उनले भाषा पत्रकारिताको लागि अनलाईन टर्मसहरुको पालना गरेर पत्रकारिता गरेको खण्डमा यसले व्यवसायिकता लिने विश्वास व्यक्त गरे । 


त्यसैगरी दबूका केन्द्रिय सदस्य विराजकाजी राजोउपाध्यायले भाषाकै कारण बंगलादेश विभाजित भएको बताउँदै भाषाको महत्व र आवश्यक्ताबारे प्रष्टाएका थिए । नेपाल भाषा पत्रकारिताको आफ्नो अनुभव सुनाउँदै उनले भने,‘ पाठकहरुलाई पढ्य योग्य बनाउन सामग्री पत्रकारहरुले प्रस्तुत गरेको खण्डमा प्रभावकारी हुन्छ ।’


सो अवसरमा दबूका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपाल भाषा पत्रकारिकताको ईतिहासबारे बोलका थिए । उनले विश्वभूमि दैनिक पत्रकारिता त्यसबेला कति प्रभाविकारी र व्यवासायिक थियो भन्ने कुराको स्मरण गराएका थिए । 


कार्यक्रममा नेपाल भाषा पत्रकारितामा लामो अनुभव संगालेकी मिना बज्राचार्यले गुननाईट काठमाडौ रेडियो कार्यक्रम चलाएदेखि अहिलेसम्म गरेको अनुभव सुनाएकी थिईन । 


कार्यक्रमका नेवाः राष्ट्रिय पत्रकार दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले व्यवसायिक पत्रकारिताका आजको आवश्यक्ता भएकोले सबै पक्षले ध्यानदिनु पर्ने बताएका थिए । 


दबूका केन्द्रिय सचिव केके मानन्धरले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ सिने पत्रकार बिजयरत्न अंसबरे, दबूका पूर्व अध्यक्ष श्रीकृष्ण महर्जन, दबूका केन्द्रिय उपाध्यक्ष निरपेन्द्रलाल श्रेष्ठ, दबूका महासचिव सुनिल महर्जन लगायतको उपस्थिती रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD