१५ बैशाख २०८१, शनिबार
Header

नेपाल भाषा अध्यापन गराउने १७२ सहायक प्रशिक्षकसँग करार सम्झौता


प्रकाशित: विहिवार, ९ बैशाख २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्थानीय भाषा (नेपाल भाषा) अध्यापन गराउने १७२ सहायक प्रशिक्षकसँग करारा सम्झौता गरेको छ । 


मंगलवार महानगरपालिको ती प्रशिक्षकहरुसँग करार सम्झौता गरेको महानगरपालिको जनाएको छ । सहायक प्रशिक्षकको लागि ५१६ जनाले आवदेन एिा थिए ।

 
सम्झौतापछि प्रशिक्षकहरुलाई सामुदायिक विद्यालयमा नेपाला भाषा अध्यापनका लािग नियुक्ती दिएको छ । काठमाडौं महानरपालिकाले स्थानीय भषा (नेपाल भाषा) महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य लागु गरेपछि महानगरले प्रशिक्षको लागि विज्ञापन गरेको थियो । 


छनौट भएका सहायक प्रशिक्षकहरुलाई तालिम प्रमण पत्र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरेका थिए । 


सो अवसरमा शाक्यले भाषा प्रशिक्षणको विधिलाई व्यवहारमा उतार्न सजिलो थिएन । सबैको प्रयासबाट यो सम्भव भएको र यसबाट काठमाडांैँको परिचय व्यवहारिक रुपमा प्रवर्धन हुने विश्वास व्यक्त गरेका थिए । 


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यलगायत वक्ताले, पाठ््यपुस्तकमा समेटिएका विषय र स्थानीय पहिचानका विषयमा धारणा राखेका थिए । 


नेवाः स्यनामि दबू नेपाल मण्डलको संयोजनमा महानगरको शिक्षा विभागले सहायक प्रशिक्षकलाई तालिम दिन ३० जना मुख्य प्रशिक्षक उत्पादन गरेको थियो ।


नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत मोती खनालका अनुसार संस्थागत विद्यालयका नेपाल भाषा अध्यापन गराउन ८० जनालाई प्रशिक्षण दिइसकिएको छ ।


आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्थानीय भाषा पढाउन नेपाल भाषामा ये“ देय् म्हीसिके’ (काठमाडौं चिनौं) पुस्तक प्रकाशनमा ल्याएको छ । 


कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुनेछ ।


पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएकाले बालबालिकालाई काठमाडौँका सामाजिक र सांस्कृतिक जीवन, मूर्त र अमूर्त सांस्कृतिक सम्पदा, ठाउँको नाम र अर्थ बुझ्न सकिने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD