काठमाडौँ । नेपाल भाषामा पुराएको योगदानको कदर गर्दै नेवाः स्यनामि दबू, नेपाल मण्डलले काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको छ ।
शनिवार राजधानीमा आयोजित सम्मान कार्यक्रममा उनीहरुलाई विशेष सम्मान गरिएको नेवाः स्यानमीले जनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सुरु गरेर नेपाल भाषा, लिपी र संस्कृतिको जगेर्नामा योगदान पु¥याएकोले उहाँहरुलाई सम्मान गरिएको हो ।
महानगरले पठनपाठन गराउन थालेको स्थानीय पाठ्य पुस्तक ‘येँ दे म्हसीके’, भाषा प्रशिक्षणका लागि सहायक प्रशिक्षकको नियुक्ति, संस्थागत विद्यालय पनि स्थानीय पाठ्यक्रम लागु गर्नका लागि प्रमुख –उपप्रमुखको नेतृत्वमा भएको नीतिगत निर्णयले स्थानीयको भाषिक अधिकारलाई सुनिश्चित गराएको भन्दै दबुले प्रशंशा गरेका थिए ।
सो अवसरमा सम्मान ग्रहण गर्दे प्रमुख शाक्यले भने, ‘नेपाल भाषाको अध्ययनका लागि आधारभूत तहमा पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ । यसलाई माध्यमिक तहसम्म पु¥याउँछौँ । यस्तै विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्यापन गराउन त्रिभुवन विश्वविद्यालयलाई सहयोग गरेका छौँ ।’

त्यसैगरी कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरले धरै काम गरेको छ तर काठमाडौँ संघीय राजधानी भएकोले साना र नियमित काम नदेखिएको अनुभव सुनाईन ।
सो अवसरमा जनकवि दुर्गालाल श्रेष्ठले, नेपाल भाषा विग्रिनबाट बचाउन महानगरले गरेको प्रयास चर्चा योग्य भएको बताए । नेवाः स्यनामिका उपाध्यक्ष कृष्णभक्त मानन्धर, सचिव बरुणप्रसाद वैद्य, महानगरको सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठलगायत वक्ताले विद्यालयहरुमा नेपाला भाषा पठ्न विद्यार्थीहरुमा उत्साह देखिएको बताएका थिए ।
त्यस क्रममा नेपाल भाषाको पाठ््यक्रम लागु गर्ने निर्णय कार्यान्वयनमा उल्लेखनीय भूमिका खेलेका शिक्षा विभागका विभागका प्रमुख रामप्रसाद सुवेदी, प्रमुख रामप्रसाद सुवेदी, शिक्षा अधिकृत मोती खनाल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, सहायक विज्ञ सुरेशकिरण मानन्धरलाई सम्मान प्रदान गरिएको थियो ।
तस्वीर सौजन्यः अनिल स्थापित
Categorized in सम्पदा/संस्कृति