काठमाडौं । नेपाल भाषाको सर्ट मुभि ‘द मिथ’ (जिरो) यही फागुन १३ गते सोमबार दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०१९ मा देखाईने भएको छ ।
नेपालभाषाका मूल श्रोत हस्तलिखित ग्रन्थहरूको बारेमा तयार पारिएको यस चलचित्र १३ मिनेट २६ सेकेण्ड रहेको द मिथकी नायिका आराध्या लक्ष्मी खड्गीले जानकारी दिएकी छिन ।
यस फिल्मले समाजबाट बेवास्ता भैरहेको ग्रन्थको संरक्षण हुनुपर्ने जोड दिएको छ ।
पेजथ्री पाक्षिक पत्रिका द्वारा प्रस्तुत शर्ट यस सर्ट फिल्मको निर्देशन पत्रकार दर्शनवीर शाक्यले गरेका हुन ।
मुभिमा रूपेन श्रेष्ठ थक्वाःमि, आराध्या लक्ष्मी खड्गी, राजेन्द्रमान शाक्य, विराजकाजी राजोपाध्याय, नविन थेच्वमि, प्रेरणा शाक्य आदीको अभिनय रहेको छ ।
मुभिको साहायक निर्देशक राजन शाही रहेका छन भने फिल्मको छायाँकन, सम्पादन र ध्वनी मनोजरत्न शाहीको रहेको छन ।
नरेशवीर शाक्यको निर्माणमा बनेको यस चलचित्रले यस अघि गरिएको एक प्रतियोगितामा दोश्रो स्थान हासिल गरी ५० हजार नगद पुरस्कार समेत प्राप्त गरेको छ ।
मुभिमा नायिका खड्गीको अभिनयलाई अत्याधिक रुचाइएको थियो । सोमबार राष्ट्रिय सभागृहको डवलीमा १२ः३० ‘द मिथ देखाईने नायिका खड्गीले बताईन ।
Categorized in मनोरन्जन