२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाल भाषाको समाचार बुलेटिन नहटाउन पत्रकार दबूका आग्रह


प्रकाशित: विहिवार, २९ फागुन २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । ईमेज च्यानल टेलिभिजनले नेपाल भाषाको समाचार प्रशारण बन्द गर्ने घोषणाप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकार्ष भएको छ ।


आगामी चैत्र १ गतेदेखि हरेक दिन राति १०ः १५ बजे प्रसारण भइरहेको समाचार बुलेटिन हटाउने निर्णयप्रति पुनः विचार गर्न विहिवार पत्रकार दबुले एक विज्ञप्ती जारी गरी आग्रह गरेको छ । 


दबूका महासचिव सुनिल महर्जनद्धारा विज्ञप्तीमा भनिएको छ,‘ विभिन्न राष्ट्रभाषामा समाचार बुलेटिन प्रसारण गरेर समावेशीका दृष्टिले मुलुककै उदाहरणीय टेलिभिजन हुनेतर्फ सोच परिलक्षित गर्नुपर्नेमा उल्टै नेपालभाषाको समाचार बुलेटिन बन्द गर्ने निर्णय गर्नु सर्वथा अनपेक्षित कार्य हो ।’


समावेशी सञ्चारका लागि क्रियाशिल सबैलाई यस कार्यले गम्भीर बनाएको र सम्बन्धित भाषाको ठूलो हिस्सामा रहेका दर्शकहरुलाई समेत निराश बनाएको जारी विज्ञप्तीमा भनिएको छ । 


‘सो समाचार बुलेटिन नेपाली सञ्चार क्षेत्र समावेशी बनाउने कोणबाट पनि अत्यन्त महत्व रहेकोमा यस निर्णयले ईमेज च्यानल आफ्नो गौरमय ईतिहास र समावेशीताको मानकबाट पछि हट्न खोजेको संकेतको रुपमा हामीले लिएका छौ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।  


दबूले सो निर्णयप्रति पुनःविचार गरियोस भनेर जोडदार रुपमा अपिल गरेको जनाएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex